दफा ११
बिल भरपाई इत्यादि पेश गर्नु पर्ने

(१) भ्रमण भत्ताको भुक्तानीको निमित्त पहिलो पटक अधिवेशनमा आउँदाको हवाईजहाज, रेल र बसको टिकट बापत भएको खर्चको बिल भरपाई र पैदल भ्रमण गरेकोमा आफूले भ्रमण गरेको कोस प्रमाणित गरिएको निस्सा भ्रमण बिलको साथ पेश गर्नु पर्नेछ ।

(२) भ्रमण खर्चमा परिवर्तन नभएसम्म उपदफा (१) बमोजिम एक पटक प्रमाणित बिल भौचर संलग्न भएको दैनिक तथा भ्रमण भत्ताको बिल बराबरको रकम दोस्रो पटक देखि सदन वा समितिको बैठकमा भाग लिन आउँदा जाँदाको लागि पनि दैनिक तथा भ्रमण भत्ता बापत एकमुष्ट खर्च लेखी सम्बन्धित पदाधिकारी वा सदस्यलाई संघीय संसदको सचिवालयले उपलब्ध गराउनेछ।